सुनको मूल्य तोलाको १ लाख २० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । गत साता लगातार ३ दिन उच्च मूलयको रेकर्ड बनाएको सुनको मूल्यले यस साता पहिलो दिनमै नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर १ लाख २० हजार ८०० रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि मंसिर १३ गते १ लाख १९ हजार ३०० रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० रुपैयाँ बढेर १ लाख २० हजार २०० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७२.१३ अमेरिकी डलर पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।