काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा अवधि बाँकी रहँदै सेवा बन्द नगर्न निर्देशन दिएको छ ।
प्राधिकरणले मंगलबार सूचना जारी गर्दै स्मार्टलाई सेवा चुस्त दुरुस्त रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।
स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन प्राधिकरणले निर्देशन दिएको छ ।
प्राधिकरणले दूरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा वर्गीकरण गरिएकोले अनुमति पत्र बहाल हुँदसम्म सेवा सूचारु गर्न भनेको छ ।
स्मार्टको लाइसेन्स आगामी वैशाख २ गते सकिँदैछ । अनुमति पत्र बहाल रहँदैमा कम्पनीले भने केही ठाउँमा आफ्नो सेवाहरू बन्द गरेको पाइएको छ ।