हिमाल आरोहणका लागि २८४ जना आरोहीलाई अनुमति, सबैभन्दा धेरै चिनियाँ आरोही


काठमाडौं । शरद ऋतुमा हिमाल आरोहणका लागि ४४ मूलुकका २८४ जना आरोहीले आरोहण अनुमति लिएका छन्।

पर्यटन विभागको तथ्यांक अनुसार यो सिजनमा २८ टिमका २८४ जनाले ६ वटा हिमाल आरोहणका लागि अनुमति लिँदा ३ करोड ४ लाख ६६ हजार ३९० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी मनास्लुको लागि अनुमति जारी भएको छ ।

यस वर्ष मनास्लुमा २३ टोलीका २६६ जना आरोहीले अनुमति लिएका छन् । आरोहणको अनुमति पाउनेमा चीनका आरोही धेरै छन्। चीनले आफ्नो सिमानाका खुला गरेसँगै सेप्टेम्बरमा मात्र ६७ चिनियाँले आरोहणको अनुमति पाएका हुन्।

अमेरिकाका ३० जनाले अनुमति लिएका छन् । रसियाबाट २६ जापानका १५ जनाले अनुमति लिएका छन् । यो सिजनमा अनुमति लिने नेपाली आरोहीको संख्या ३ जना रहेको छ ।