काठमाडौं । देशभर १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा जारी भएका जिल्लामा शुक्रबारबाट थप कडाई हुने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन र पैदल यात्रुको प्रवेश अब रोकिने भएको छ ।
बिहीबार भने बाटोमा रहेका मानिस आउने समय राखेर केही खुकुलो गरिएको थियो । गृह मन्त्रालयका अनुसार बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरीमा पूर्ण निषेधाज्ञा जारी गरेका छन् ।
कालिकोट, बाग्लुङ र बर्दियाले आंशिक निषेधाज्ञा रहेको छ। यी जिल्लामा अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाइएको छ । नेपाल प्रहरीले शुक्रबारबाट चेकजाँच अझ कडा गर्ने तयारी गरेको छ । सरकारले आदेशको पूर्ण पालना गर्दै महामारी नियन्त्रणमा सहयोग गर्न आह्वान गरेको छ ।