काठमाडौं । नेपाल भ्रमण वर्षको औपचारिक शूभारम्भका दिन नेपाल आउने पर्यटकले विमानस्थल तथा हरेक सीमा नाकामा सरप्राइज गिफ्ट प्राप्त गर्ने भएका छन् ।
भ्रमण वर्ष सचिवालयले त्यसको तयारी गरेका हो । १ जनवरी २०२० का दिन नेपालमा एक भब्य कार्यक्रमको आयोजना गरी औपचारिक शुभारम्भ गरिने छ ।
त्यस अगाडी विमानस्थलमा हात्तीले पर्यटकलाई माला लगाएर नेपालमा स्वागत गर्ने छन् । बाजागाजा र सांस्कृतिक झाँकिसहित उनीहरुको स्वागत हुने भएको छ ।
सोही अवसरमा विशेष उपहारसमेत दिने गरी तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।
उनका अनुसार नेपाल भ्रमण वर्षको औपचारिक शूभारम्भ भने दशरथ रंगशालाबाट हुने भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले औपचारिक उद्घाटन गर्ने कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् ।
यस दिन काठमाडौंका विभिन्न स्थानबाट झाँकि निकालेर टोलीहरु रंगशाला पुग्नेछन् । आर्मी, पुलिस र सशस्त्र पुलिसले सांस्कृतिक प्रस्तुती दिने भएका छन् ।
फूड फेस्टिबलसहित विशेष कार्यक्रम आयोजना गरी उद्घाटनको तयारी भएको सोमबार मन्त्रालयका आयोजित कार्यक्रममा जानकारी दिइयो ।
हरेक आन्तरिक विमानस्थलमा उक्त दिन पर्यटकलाई फूलमालाले स्वागत गरिने छ । यस दिन ४० भन्दा बढी मुलुकका पर्यटन मन्त्रीलई नेपाल आमन्त्रण गरिएको नेपाल पर्यटज बोर्डका सीइओ दीपक राज जोशीले जानकारी दिए ।