काठमाडौं । दशैंलक्षित अग्रिम टिकट बुकिंग ५ असोजदेखि शुरु हुने भएको छ ।
बिहीबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचको वार्ताले अग्रिम बुकिंग खुलाउने सहमति गरेको हो ।
यसअघि पटक पटक वार्ता भएपनि सहमति जुट्न सकेको थिएन । व्यवसायी दशैंको मुखमा भाडा बढाउने शर्तमा मात्र अग्रिम बुकिंग खुलाउने अडानमा थिए ।
तर, दशैं अगाडी भाडा भने नबढ्ने भ्एको छ । व्यवसायीले दशैं र तिहारको बेला भाडा वृद्धिलाई बार्गेनिंगको माध्यम बनाइरहेका छन् । यसले गर्दा सडक गल्ने विश्लेषण व्यवसायीको हुने गर्छ ।
व्यवसायी यस पटक नयाँ गाडी भने थप्ने योजनामा छैनन् । त्यसकारण सम्भवतः एक दिनमै अग्रिम बुकिंग टिकट सकिने र भोलीबाट यात्रु अलपत्र पर्न सक्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।
दशैंको बेला मात्र काठमाडौं उपत्यकाबाट हरेक वर्ष २५ देख ३० लाख मानिस बाहिरिने अनुमान गरिन्छ । यहाँ करीव ४० लाख मानिस बसोबास गर्छन् ।
धेरै मानिसहरुका लागि काठमाडों अवसरको खोजी गर्ने एक सपनाको शहर बनेको छ ।
त्यसो त अहिले हवाई यात्राका टिकट पनि लगभग फूल भइसकेको व्यवसायीले बताएको छ । अब थप हुने जहाजका टिकट बाहेक नियमित उडानका टिकट काटेर सकिएका छन् ।