अधिकांश ठूला नेता सुरक्षित, पार्टीको मत जोगाउन चूनौति

काठमाडौं । रवि लामिछानेले पार्टी गठन गरी चूनाव होमिनु र आक्रामक चूनाव प्रचारका कारण अन्तिम समयमा दलहरु आत्तिएका थिए । त्यसलाई नतिजाले समेत पुष्टी गरिरहेको छ । यस माहोलका बीच अधिकांश ठूला दलका नेतृत्वमा रहेका नेता भने सुरक्षित नै रहने देखिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा आफ्ना निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल भन्दा दोब्बर मतले अगाडी छन। झापामा केपी शर्मा ओली समेत कांग्रेस उम्मेदवार भन्दा निकै अगाडी बढेका छन् । गोर्खा २ मा भर्खरै मतगणना शुरु भएको छ ।

जहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फराकिलो अन्तरले अग्रता लिएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा समेत प्रतिस्पर्धीको तुलनामा निकै अगाडी छन् । नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समेत अग्रता लिँदा समाजवादीका अर्का वरिष्ठ नेता झलनाथ खनाल भने पछाडी छन् । एमालेका सुवाश नेम्वाङ र शंकर पोख्रेल भने पछाडी छन् । विष्णु पौडेलाई समेत स्वतन्त्र पार्टीका उम्मेदवारले उछिनेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् ।