काठमाडौं । अध्यादेश जारी गरी अध्यक्षसहित तीन जना मात्र उपस्थित भएपनि संवैधानिक परिषदको बैठक बस्न सक्ने प्रावधान ल्याएका प्रधानमन्त्री केपी शर्मा ओली बैठक सकिएलगत्तै राष्ट्रपति निवासतर्फ लागेका छन् । प्रधानमन्त्री, प्रधानन्यायाधिक र राष्ट्रिय सभाका अध्यक्ष मात्र साँझको बैठकमा सहभागी भए ।
यो बैठक कांग्रेस सभापति शेरबहादुर देउवाले समेत बहिष्कार गरेका छन् । साँझको बैठकले नियुक्ति सम्बन्धमा भने कुनै निर्णय नगरेको बताइएको छ । बैठक सकेर प्रधानमन्त्री शितल निवास पुगेका हुन् ।
अध्यादेश जारी भएपछि उत्पन्न राजनीतिक परिस्थिती, संत्तारुढ नेकपाले प्रधानमन्त्रीविरुद्ध लिन सक्ने सम्भावित एक्सन र त्यसको बचाउका सम्बन्धमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग परामर्श लिन लागेको बताइएको छ ।