काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले गठबन्धन परिवर्तन गर्ने निर्णय लिएको छ । यससँगै अब प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले राष्ट्रपति पाउने निश्चित भएको छ । यससँगै ८ दलको नयाँ गठबन्धन बनेको छ । गठबन्धनले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको छ ।
शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । यो नयाँ राजनीतिक यात्रा सुरुवात हुने उनको तर्क थियो । प्रचण्डको प्रस्तावमा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । उम्मेदवार भने कांग्रेसले छान्ने छ ।