काठमाडौं । नेकपा एमालेभित्रको विवाद अन्ततः टुंगोमा पुगेको छ । कार्यदल स्तरको बैठकले १० वटा बुदामा सहमी गर्दै विवाद टुङ्ग्याएको हो । आइतबार राती साढे १० बजे अर्थ मन्त्रालयबाट एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सहमति पत्र पढेर सुनाए । उनका अनुसार कार्यदलको बैठकमा १० बुँदे सहमति पत्रमा हस्ताक्षर भयो । यो सहमतिपत्र सोमबार नेतृत्व तहमा पेस गरिने भएको छ । सहमति अनुसार नेकपा एकीकरण सर्वोच्च अदालतको आदेशबाट रद्द भएपछि दुबै गुटबाट भएका निर्णय खारेज हुने भएको छ । एमाले बनेका पुर्व माओवादी नेताको उचित व्यवस्थापन गर्ने निर्णय समेत भएको छ ।
अन्तत: एमाले विवादमा आइसब्रेक, १० बुदे सहमतिमा हस्ताक्षर
