अफ्रिका कप अफ नेसन्सको फाइनलमा इजिप्ट र सेनेगल भिड्ने

काठमाडौं । अफ्रिका कप अफ नेसन्स कपको उपाधीका लागि इजिप्ट र सेनेगल भिड्ने भएका छन् । स्टार फुटबलर मोहम्मद सलाहको टीम इजिप्टले बिहीबार अफ्रिका कप अफ नेसन्समा आयोजक क्यामरुनलाई दोस्रो सेमिफाइनलमा हराउँदै फाइनल प्रवेश गरेको हो । खेलको १ सय २० मिनेट गोलरहित बराबरीमा टुंगेपछि टाइब्रेकरमा इजिप्टले क्यामरुनलाई ३–१ ले हराएको हो ।

इजिप्टका लागि गोलरक्षक अबु गाबलले उत्कृष्ट बचाउ गरे । ओलम्बे स्टेडियममा भएको खेलमा क्यामरुनका लागि हारोल्ड मोउकोडी र जेम्स ली सिलिकीको प्रहारलाइ उनले छेकेका छन् । क्लिन एजेको प्रहार बाहिरिएपछि इजिप्टलाई सहज भएको हो । फाइनल आइतबार हुने छ । सलाह इजिप्ट र सेनेगलका साडियो मानेबीचको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ ।