अब काठमाडौंका नाकाबाट प्रवेश बन्द, कोरोना परीक्षणको रिपोर्ट चाहिने

काठमाडौं । सरकारले अब काठमाडौं उपत्यकामा प्रवेश झन कडाई गर्ने भएको छ । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा मानिसहरुको प्रवेश बढ्दा बढी जनघनत्व भएको क्षेत्रमा जोखिम भएको घभन्दै अत्यावश्यक कामबाहेक काठमाडौं छिर्न रोक लगाएको छ ।

अब कुनै मानिस काठमाडौं जान हिडेको भए उसलाई स्रोतमै रोक्ने निर्णय गृह मन्त्रालयले गरेको छ । अब काठमाडौं आउनै पर्ने भए हरेक मानिसले आफ्नो आरडीटी परीक्षण आफ्नै खर्चमा गरी त्यसको रिपोर्ट देखाउनु पर्ने भएको छ ।

काठमाडौं उपत्यकाभित्र अब स्थानीय तहले होटेल तथा स्कूलहरुलाई क्वारेन्टाइन बनाउन सक्नेछन् । त्यसको अध्ययन गर्न समेत गृहले निर्देशन दिएको छ । अब काठमाडौं उपत्यकामा लुकिछपी प्रवेश गरेमा लगत राखी कारवाही हुने भएको छ ।

काठमाडौं उत्पकाका स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुखसहित सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौं उत्पकायमा पछिल्लो समय संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।