अब त्रिभुवन विमानस्थलमा रोबोटको सेवा

काठमाडौं । त्रिभुवन विमानस्थलमा रोबोटको सेवा प्रारम्भ भएको छ ।

तपाई वैदेशिक यात्राका क्रममा निस्कनु हुन्छ भने अब आगमन र प्रस्थान दुबै कक्षमा तपाईको सेवामा एक एक वटा रोबोट खटिएका हुनेछन् ।

नेपाली, अंग्रेजी र चिनियाँ भाषा बोल्न सक्ने यी रोबोटले सूचना प्रवाह, मनोरन्जन र अभिवादन प्रदान गर्नेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार विमानस्थलमा आयोजित एक कार्यक्रममा रोबोटको सेवा प्रारम्भ गरे ।

उनले विमानस्थललाई प्रविधिमैत्री बनाउन सेवा प्रारम्भ गरिएको उल्लेख गरे ।

मन्त्रालयका अनुसार प्रतिरोबोट २० लाख रुपैयाँ लागतमा रोबोटको सेवा प्रारम्भ गरिएको हो । नेपालमा यसअघि दरवारमार्गमा रोबोटले वेटरको काम गर्ने गरी संचालनमा रहेको छ ।