अब नेपालबाट हङकङ जान सरकारी ल्यावमा मात्र कोरोना परीक्षण गर्नुपर्ने

काठमाडौं । नेपालबाट हङकङ जाने यात्रुले निजी ल्यावमा कोरोना परीक्षण गरेमा उडान अनुमति नपाउने भएका छन् । नेपाल वायुसेवा निगमले अब सरकारी ल्याबमा मात्र कोरोना परीक्षण गर्नुपर्ने शर्त राखेको छ ।

नेपालबाट पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि हङकङले तेस्रो पटक नेपाल एयरलाइन्सलाई उडानमा दुई साता प्रतिवन्ध लगाएको छ । सोहीकारण अब नेपाल एयरलाइन्सले पनि निजी ल्यावको परीक्षणलाई मान्यता नदिने निर्णय लिएको हो ।

उक्त मुलुकमा लागेको प्रतिवन्धका कारण कम्पनीले करोडौं घाटा बेहोर्नु परेको भन्दै आज नेपाल वायुसेवा निगम सञ्चालक समितिले सरकारी ल्यावको आरटी पीसीआर रिर्पोटलाई मात्र मान्यता दिने निर्णय गरेको हो । यो शर्त हङकङका लागि मात्र लागु हुनेछ । अन्य गन्तब्यमा भने निजी ल्याबको रिर्पोट समेत मान्य हुनेछ ।