काठमाडौं । अमेरिकाका लागि नेपालका आवासीय राजदूत प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत खत्रीलाई शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएको कार्यालयलेृ जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारी उपस्थित थिए । नेपाल सरकारको सिफारिस र संसदीय समितिको अनुमोदनपछि राष्ट्रपतिबाट उनी राजदूत पदमा नियुक्त बनेका हुन् ।