सिकागो
अमेरिकाको सिकागो स्थित दक्षिणि शहर एङलउडमा अाईतबार बिहान गोली चल्दा १३ जना घाईते भएका छँन् ।स्थानिय प्रहरीले घटना ब्यक्तिगत निवासमा आयोजित एक भोजमा घटेको जनाएको छ ।घटना रातको १२:३० बजे घटेको प्रहरी श्रोतले बताएको छ ।अन्दाजी ६ ,७ राउन्ड गोलीको आवाज सुनिएको र केही समय पछी मानिसहरु भागाभाग गरेको देखेको एक छिमेकीले स्थानिय संचार माध्यमहरुलाई बताएकी छिन् ।
घाईते १३ जनालाई नै अस्पताल लगिएको छ भने घाईतेको अवस्था हाल सम्म जानकारीमा आएको छैन ।पछील्ला समय हिँसात्मक घटना बढदै गएको सिकागोमा यो सप्ताहन्तको शुक्रबार साँझ ५ बजे देखी यता ३४ ठाउँमा गोली चलेको प्रहरीले जनाएको छ । एङलउड घटनाको बिषयमा प्रहरीले अहिले स्थानिय समय ६ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ ।