वासिङ्टन । कोरोना भाइरसका कारण अमेरिका भित्र एक व्यक्तिको ज्यान गएको छ । उनी यस रोगबाट ज्यान जाने दोस्रो व्यक्ति हुन् ।
अमेरिकाले आफ्नो मुलुकमा एक व्यक्तिको निधन भएको पुष्टि गरेको छ।
कोरोनाको संक्रमण भएको र स्वास्थ्यमा विविध समस्याको सामना गरिरहेका एक ५० वर्षिय पुरुषको वासिङ्टनस्थित उत्तर-पश्चिम राज्यमा उपचारका क्रममा मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका हुन् ।
चीनको हुबेई प्रान्तको वुहानबाट यो रोगको महामारी फैलिएको छ । यसको संक्रमणबाट यसअघि चीनमै एक अमेरिकी नागरिकको ज्यान गएको थियो ।
घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले अन्य मामिलाको सम्भावना भएपनि अमेरिका परिस्थितिको सामना गर्न तयार रहेको बताएका छन् ।
अमेरिकाले कोरोना भाइरस फैलिरहेको दक्षिण कोरिया, इरान र इटालीमा भ्रमणमा नजानसमेत आफ्ना नागरिकमा आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो रोगले ५७ देशमा संक्रमण फैलाइसकेको छ ।
यसबाट ८५ हजार मानिस संक्रमित फेला परिसकेको छन् । ३ हजारको ज्यान गइसकेको छ ।