काठमाडौं । पछिल्लो केही दिनयता थामिएको कोरोना कहरका कारण मंगलबार भने एकै दिन २५ सय मानिसको ज्यान गएको छ ।
तथ्यांक अनुसार मंगलबार २४ घण्टामा २४ सय ५६ जनामा मानिसको अमेरिकामा ज्यान गएको हो ।
आइतबार र सोमबार १३ सय मात्र मानिसको ज्यान गएको थियो । तर, साताको तेस्रो दिन मृतकको संख्या उल्लेख्य बढेको हो ।
अमेरिकामा एकै दिन २५ हजार ९८ संक्रमित थपिएको तथ्यांक आएको छ । यस मुलुकमा अब कुल संक्रमित १० लाख ३५ हजार ४ सय ५४ पुगेको छ।
अमेरिकापछि इटालीमा धेरै मानिसको ज्यान गुमाएका छन्। इटालीमा २७ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ ।
यहाँ २ लाख १ हजार पाँच सय पाँच संक्रमित पुगेका छन् । स्पेनमा २ लाख ३२ हजार १ सय २८ संक्रमित छन्। त्यहाँ २३ हजार ८ सय २२ जनाको मृत्यु भएको छ ।
फ्रान्समा २३ हजार ६ सय ६० जनाको ज्यान गएको छ । एक लाख ६५ हजार ९ सय ११ संक्रमित छन् । बेलायतमा एक लाख ६१ हजार १ सय ४५ जनामा संक्रमण भेटिएको छ । यहाँ २१ हजार ६ सय ७८ जनाले ज्यान गुमाएका छन ।
जर्मनीमा एक लाख ५९ हजार बिरामी रहेका छन्। त्यहाँ ६ हजार २ सय १४ जना बिरामी छन्। टर्कीमा पनि १ लाख १४ हजार संक्रमित रहेका छन्।
टर्कीमा २ हजार ९ सय ९२ जनाको मृत्यु भइसकेको छ। रुसमा एकै दिन ७३ जनाले ज्यान गुमाए ।
यहाँ ९३ हजार ५ सय ५८ संक्रमित छन्। रुसमा ८ सय ६७ जनाले ज्यान गुमाएका छन्। इरानमा ५ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ। त्यहाँ ९२ हजार ५ सय ८४ संक्रमित छन्।
चीनमा भने मृत्यु शुन्य रहेको छ । चीनमा थप ६ जनामा संक्रमण देखिएको छ। भारतमा ३१ हजार संक्रमित भएका छन् ।
मृत्यु हुनेको संख्या १ हजार नाघेको छ।
त्यहाँ एक हजार ८ जनाको ज्यान गइरहेको छ। नेपालमा ५४ जनामा संक्रमण देखिएको छ । १६ जना घर फर्किएका छन् ।