न्युयोर्क
अमेरिकास्थित संघीय सरकारले ५ बर्षदेखि ११ बर्ष उमेर समुहका वालवालिकालाई पनि कोभिड बिरुद्धको खोपको स्विकृति दिने अन्तिम तयारी गरेको छ । यो तयारी हुँदै गर्दा गत सेप्टेम्बर महिना अमेरिकाका लागि कोभिडका कारण मृत्यु हुने र संक्रमित हुनेको संख्यामा अत्यन्त खराब रह्यो ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिकको डाटा अनुसार सेप्टेम्बर महिनामा बालबच्चाहरुमा सँक्रमणदर अत्यन्त उच्च रह्यो । सेप्टेम्बर महिनाको पहिलो हप्तादेखि अमेरिकामा प्राय: सबै बिद्यालाय खुलेको र विद्यार्थीहरु बिद्यालयमा नै उपस्थित भएर पढिरहेका छन् । कोरोना महामारी सुरु भएयता अमेरिकामा ६० लाख बाल बच्चाहरु सँक्रमित भएकोमा सेप्टेम्बर महिनामा मात्र ११ लाख बाल बच्चाहरु सँक्रमित भएको आँकडा अमेरिकन एकेडेमी अफ पोडियाट्रिकले सार्वजनिक गरेको छ । उक्त आँकडा सेप्टेम्बर ३ देखि ३० तारिख भित्रको हो । एकेडेमीको उक्त आँकडाले १५ बर्ष मुनि उमेर समुहका बाल बच्चाहरुको मृत्यु दर पनि सेप्टेम्बर महिनामा हालसम्म कै उच्च देखिएको छ । कोभिडका कारण अमेरिकामा सेप्टेम्बर महिनामा ४१ जना वालवालिकाको मृत्यु भएको एकेडेमीले जनाएको छ ।
गत अक्टुबर ७ मा फाईजर र वायो एण्ड टेकले फुड एण्ड ड्रग् एड्मिनिस्ट्रेसनसँग ५ बर्षदेखि ११ बर्षसम्मका बाल बालिकालाई खोपको स्विकृति माग गरेपछि केही हप्ता भित्र स्विकृति दिन लागेको जनाइएको छ ।