न्युयोर्क
गैर आवासीय नेपाली संघ अमेरिकाले कोरोना महामारीका क्रममा अमेरिकी समुदायमा संघले खेलेको भूमिका र योजना प्रष्ट पारेको छ । शुक्रबार जुम भिडियो कन्फरेन्स मार्फत एक पत्रकार भेटघाट आयोजना गरी संघले कोभिड -१९ को महामारीमा समुदायलाई सहयोग पुर्याउन बिभिन्न्न पाँच टास्क फोर्सलाई सकृय बनाएको संस्थाले जनाएको छ । महामारीको समयमा अमेरिकास्थित समुदायमा सम्भाबित समस्याको पहिचान गरी संस्थाले बिभिन्न क्षेत्रका चिकित्सकहरुको सहभागीतामा “मेडिकल टास्क फोर्स” अमेरिकास्थित कानून ब्यबसायीहरु भएको “इमिग्रेसन एण्ड लिगल टास्क फोर्स” स्टुडेण्ट रेस्पोन्स टास्ख फोर्स, ग्रोसरी एण्ड फाईनान्स टास्क फोर्स तथा अनईम्प्ल्योएमेन्ट टास्क फोर्स लगायतका पाँच प्रकारका टास्क फोर्स सकृय बनाएको संस्थाका महासचिब पशुपति पाण्डेले जानकारी दिएका थिए । समुदायका हरेक ब्यक्तिले संघले सकृय गराएको पाँच वटै टाक्स फोर्सबाट सेवा प्राप्त गर्न सकिने समेत पत्रकार भेटघाटमा जानकारी दिइयो ।
संघले हालसम्म कोभिड -१९ का पिडितहरुको सहयोगका लागि २० हजार अमेरिकी डलर गो फण्ड मार्फत संकलन गरेको र ४० हजार डलर एनआरएन मुल कोषबाट कोभिड-१९ को सहयोगका लागि छुट्याएको हुँदा आवश्यक ब्यक्तीहरुलाई कमसेकम १ महिनाका लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्री उपलब्ध गराईने र हालसम्म झन्डै १८ हजार डलर रकम बराबरको सहयोग गरी सकिएको बताइएको थियो । यद्यपी संस्थाको आर्थिक श्रोत धेरै नभएको र थोरै पैसाले धेरै पुर्याउनु पर्ने भएको हुँदा यो अवस्थामा संस्था आर्थिक भन्दा मोटिभेसनल र प्राबिधिक सहयोग उपलब्ध गराएर जनजीवन सजिलो बनाउने कुरामा केन्द्रित रहेको समेत बताईएको छ । नेपालको बिमानस्थल समेत बन्द रहेको बिषम परिस्थितीमा संघले पछिल्लो समय अमेरिकाबाट नेपाल जाने चाहनेहरुको नामावली समेत संकलन गर्दै आएको बिषयमा हालसम्म ५ सय ९८ जनाले उक्त अनुरोध पत्र भरेको जनाएको छ भने नेपाली राजदुतावास र नेपाल सरकारसँगको सहकार्यमा छिट्टै टुंगोमा पुग्ने समेत बताएको छ ।
आवश्यक ब्यक्तिले हेल्प डेस्कको हट लाइन – ८४४ ६७६ २८७२ मा संपर्क गर्न सकिने छ ।
अध्यक्ष सुनिल शाह बरिष्ठ उपाध्यक्ष अर्जुन बण्जाडे साहितका पदाधिकारी सहभागी पत्रकार भेटघाटमा अमेरिका भर सकृय नेपाली मिडियाका संचारकर्मीको उपस्थिती रहेको थियो ।