न्युयोर्क
अमेरिकामा पछिल्लो एक हप्तामा कोरोनाको कारण हरेक ८० सेकेण्डमा एक जनाको मृत्यु भएको छ । कोरोनाका कारण पछिल्लो सात दिनमा ७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ । जुलाईमा २६ हजार १ सय ९८ जनाको मृत्यु भएको थियो । जुलाई महिनामा मृतकको त्यो संख्या प्रति १०२ सेकेण्डमा एकको मृत्यु हो भने अगष्ट महिनाको पहिलो हप्ताको सुरुवातमा नै मानिसको मृत्युदर बृद्धि भएको हो ।
महामारी सुरु भएदेखि बुधबार बिहानसम्म अमेरिकामा १ लाख ५८ हजार मानिसको कोरोनाबाट मृत्यु भै सकेको छ भने ४८ लाख मानिस संक्रमित भै सकेका छन् ।अमेरिकामा कोरोनाको कारण मृत्यु हुने र संक्रमितको बढ्दो यो संख्या देशको दक्षिण र पक्षिममा राज्यहरुमा हो ।