काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्यामा तीन हजारको आंकडा नाघेको छ। कोरोनाबाट बढी मानिस मर्ने सूचिमा सोमबारसाँझ सम्म अमेरिका चौथो स्थानमा छ ।
पहिलो स्थानमा इटली, त्यसपछि स्पेन र त्यसपछि चीन रहेका छन् । चीनपछि अमेरिकामा बढी मानिसको ज्यान गएको छ। अब अमेरिकामा समेत करीव चीनकै हाराहारी मानिसको ज्यान गएको छ ।
चीनमा ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ । अमेरिकामा सोमबार साँझसम्म ३ हजार १ सय ६५ जनाले ज्यान गुमाए ।
अमेरिकामा संसारकै सबैभन्दा धेरै संक्रमित पुगेका छन् । यस मुलुकमा कूल १ लाख ६४ हजार २ सय ५३ मा कोरोना भाइरसको संक्रमण पुगेको छ ।
इटलीमा सोमबारसम्म ११ हजार ५ सय ९१ जनाको ज्यान गइसकेको छ । तर, इटलीमा थप संक्रमण भने तिब्र रुपमा घटिरहेको छ ।
यसलाई चिकित्सकहरुले सकारात्मक रुपमा लिएका छन् । इटलीमा १ लाख १ हजार ७ सय संक्रमित छन्। अमेरिकामा भने यस भाइरसका कारण एकलाखभन्दा माथिको ज्यान जाने चेतावनी विशेषज्ञहरुले यसअघि नै दिइसकेका छन् ।
विश्वभरमा कोरोना भाइरसबाट कुल ३७ हजार हजार आठ सय १५ मानिसको ज्यान गइसकेको छ । कूल ७ लाख ८५ हजार ७ सय ७७ मानिसमा यसको संक्रमण देखिएको छ ।