सुपेन्द्र बस्नेत / बोष्टन
क्षेत्रफलका हिसाब सानाे भए पनि बिरताकाे हिसाबले बिश्व हल्लाउने पहिचान बनाएका गाेर्खालीकाे देश नेपालकाे नेपाली भाषाले बिश्व शक्ति राष्ट्र अमेरिकामा मान्यता प्राप्त गरेकाे छ । अमेरिकाकाे मासाचुसेट्स राज्यकाे साेमरभिल सिटीले मुख्य कामकाजी भाषा अंग्रेजी रहे पनि सहयाेगी भाषाका रुपमा नेपाली भाषालाई मान्यता दिएकाे हाे । साेमरभिल सिटीमा बसाेबास गर्नेहरु मध्ये नेपालीहरुकाे संख्या र सामाजिक क्रियाकलापहरुमा उनिहरुले खेल्दै आएकाे महत्वपूर्ण भूमिकालाई मध्यनजर गर्दै नेपाली भाषालाई मान्यता दिएकाे हाे। मान्यता प्राप्त भएसंगै अब नेपाली भाषा पनि प्रयाेगमा आउने भएकाे छ । स्वाधिनता, स्वतन्त्रता, सार्वभाैमिकता, राष्ट्रियता र जन्मभूमिप्रति भक्तिकाे चाैतर्फि चर्चा र सक्दाे भुमिका निर्वाह हुदैगर्दा यस समाचारले नेपालीहरु माझ निकै खुशी छाएकाे छ । यस सन्दर्भमा जानकारी दिदै बाेष्टन स्थित नेपाली समुदायकाे संस्था ग्रेटर बाेस्टन नेपाली कम्युनिटी (जिबिएनसी) का सचिव परशुराम फुयालले याे नेपालीकाे लागि एक महत्वपूर्ण उपलब्धि भएकाे प्रतिक्रिया दिदै खुसी ब्यक्त गर्नु भएकाे छ । उहाँका अनुसार अब सिटीले नेपाली भाषीहरुलाई लक्षित गरी आवश्यकता अनुसार लिखित सञ्चारका लागि नेपाली लिपी र माैखिक सञ्चारका लागि नेपाली भाषालाई प्रयाेगमा ल्याउने भएकाे छ । निकट भविष्यमै सिटीले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन नेपाली भाषी सम्पर्क ब्यक्ति (Focal Person) काे ब्यवस्था गर्नुका साथै नेपाली लिपीमा वेभ साइड र फेसबुक पनि प्रयाेगमा ल्याउन लागेकाे सचिव फुयालले जानकारी दिनु भयाे। साेमरभिल सिटीले नेपाली भाषालाई पनि मान्यता प्रदान गरी प्रयाेगमा ल्याउन थालेकाे प्रति खुसी ब्यक्त गर्दै पशुपतिनाथ बुद्ध फाउन्डेशन, न्यू इंग्ल्याण्डका उपाध्यक्ष बिराेचन नेपालले यसलाई चानचुने र कम उपलब्धि नभएकाे प्रतिक्रिया दिनु भएकाे छ ।प्राप्त उपलब्धिप्रति गर्व गर्दै उपाध्यक्ष नेपालले यस उपलब्धिका लागि याेगदान पुर्याउने सबैलाई धन्यवाद सहित बधाई ज्ञापन समेत गर्नु भएकाे छ । विविध कारणले नेपाली भाषा संकटमा परी लाेप हुदैं गर्दा प्राप्त यस किसिमकाे उपलब्धिलाई निकै महत्व र अर्थपूर्ण रुपमा लिइएकाे छ । झण्डै तिसहजार हाराहारी नेपाली भाषी रहेकाे अनुमान गरिएकाे मासाचुसेट्स राज्यकाे यस साेमरभिल सिटीमा आठ हजार हाराहारी नेपाली भाषी अनुमान गरिएकाे छ । यस अघि सिटीले आफ्ना सेवाहरुलाई लक्षित समुदायसम्म प्रभावकारी ढंगमा पुर्याउन स्पेनिस, हेसियनक्रियल र पाेर्चुगिज भाषालाई पनि मान्यता दिई प्रयाेगमा ल्याइसकेकाे छ ।