वासिंटन डिसी । संयुक्त राज्य अमेरिकामा १ मे २०२१ देखि १८ वर्ष भन्दा माथिका सबैले कोरोना भाइरस विरुद्ध खोप लगाउन सक्ने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले सबै प्रान्तीय र स्थानीय सरकारलाई मे १ सम्म सबै वयस्क नागरिकलाई कोरोनाको खोप लगाउन सक्ने गरी व्यवस्थापनको तयारी गर्न निर्देशन दिएका छन् । अमेरिकामा कोरोना भाइरसको रोकथामका लागि सन् २०२० मा पहिलो पटक गर्नुपरेको लकडाउनको शुक्रबार एक वर्ष पुगेको छ ।
यस उपलक्ष्यमा सम्बोधन गरेका राष्ट्रपतिले यस्तो निर्देशन दिएको अमेरिकी संचारमाध्यमले लेखेका छन् । बाइडेनले आगामी जुलाई ४ सम्ममा अमेरिकी जीवन सामान्य अवस्थामा फर्काउन सकिने दावि गरेका छन् । यो दिन अमेरिकी स्वतन्त्रता दिवस हो। यस दिनलाई कोरोनाबाट समेत उन्मुक्ति पाउने दिनको रुपमा घोषणा गर्ने अमेरिकाको तयारी छ ।
उक्त दिन परिवार वा छिमेकीसँग सँगै खाना पकाएर खाना सकिने अवस्था बनाउन लाग्नु पर्ने बाइडेनको प्रतिवद्धता रहेको छ । सम्बोधन अगाडी राष्ट्रपतिले १९ खर्ब डलरको राहत प्याकेजमा हस्ताक्षर गरेका थिए । राहत प्याकेज समेत शुक्रबारबाटै कार्यान्वयनमा आएको छ । बाइडेनले खोपसँगै मास्क लगाउने, भौतिक दूरी कायम राख्ने कुरालाई पनि निरन्तर पालना गर्न आह्वान गरेका छन् ।
अमेरिकाका निवर्तमान राष्ट्रपति ट्रम्पको लापरवाहीले बढी मानवीय क्षति बेहोर्नु परेको आरोप लाग्ने गरेको छ । कोरोनाबाट बढी मानवीय क्षति समेत यसै मुलुकमा भएको छ ।