अमेरिकाले अफगानिस्तानबाट उद्धार गरिएका ५५ हजारभन्दा बढी शरणार्थीलाई पुनःस्थापना गर्ने

Reuters

काठमाडौं । अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका ५५ हजार भन्दा बढी अफगानी शरणार्थीलाई पुनःस्थापना गर्ने भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका साढे ५५ हजारभन्दा धेरै अफगानी शरणार्थीहरुलाई स्थायी रुपमा बसोबास गर्ने गरी पुनःस्थापना गर्न लागेको हो । सैन्य शिविरबाट यो संख्यामा अफगानीहरूलाई स्थायी बसोबास गर्न ल्याउनु सन् १९८० पछिको पुनःस्थापना कार्यक्रममध्ये सबैभन्दा ठूलो कार्यक्रम भएको समेत समाचारमा जनाइएको छ ।

अफगानिस्तानमा अमेरिकाको पक्षमा काम गर्ने धेरै अफगानीहरू अमेरिकी सैनिक बेसहरूमा स्थापना गरिएका शरणार्थी शिविरमा रहेका छन् । अमेरिकामा नयाँ जीवन सुरु गर्दा अफगानीहरूलाई उनीहरूको बस्ती र सहरमा आर्थिक सहयोग वा पुनर्वासका लागि मद्दत गरिने भएको छ । कार्यक्रम स्वीकृत भएसँगै शरणार्थीले आवास, चिकित्सा, बालबालिका विद्यालय भर्ना लगायतका सेवा सुविधा पाउन थाल्ने छन् । अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै त्यहाँबाट ठूलो संख्यामा नागरिकहरु पलायन भएका थिए ।