बेइजिङ । चीन र अमेरिकाबीच व्यापार युद्द अझ चर्कने भएको छ । शुक्रबार मात्र चीनले ठूलो मूल्य बराबरको अमेरिकी सामानमा कर बढाइदिएको छ ।
ति अमेरिकी सामान अब चीनमा महंगो हुनेछन् । जसले गर्दा अमेरिकी सामानको आयात घट्ने अपेक्षा चीनको रहेको छ ।
समाचार स्रोतका अनुसार चीनले ७५ अर्ब अमेरिकी डलर बराबरको सामानको आयातमा कर वृद्धि गरिएको हो ।
बढेको कर एक चरणमा सेप्टेम्बर १ र दोस्रो चरणमा १५ डिसेम्बरदेखि लागु हुने भएको छ । त्यसो त अमेरिकाले पनि चिनियाँ सामानको आयातमा कडाई गरिरहेको छ ।
चीन र अमेरिकाबीचको व्यापारिक द्धन्द्धले विश्वव्यापी रुपमा असर गरिरहेको छ । सुनको मूल्य आकासिएको छ ।
अमेरिकाले १५ सेप्टेम्बरबाटै चिनियाँ सामानमा कर बढाउने घोषणा गरेको थियो ।
तर, तत्कालका लागि कार्यान्वयन गर्ने समय भने बढेर डिसेम्बरसम्म पुगेको छ । अमेरिकाले लिएकै शैलीमा चिनियाँ निर्णय आउनुबाट चीन र अमेरिकाको द्धन्द्ध उत्कर्षमा पुगेको देख्न सकिन्छ ।
चीनले अमेरिकाबाट आयात हुने सामग्रीमा ५ देखि १० प्रतिशतसम्म कर बढाइदिएको छ । यस्तो सामान ५ हजार वटा वस्तु रहेको बताइएको छ ।
एजेन्सी