काठमाडौं । अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको ३४ लाख रकम डुबेको छ । राससका अनुसार रकम मात्र डुबेन, उनीहरु आफैँ मानव बेचबिखनको जालोमा समेत फसेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेको छन् । मानव बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतिमध्ये श्रीमती सुधा देवकोटा पक्राउ परे पनि श्रीमान् मुक्तिनारायण केसी अझै फरार छन् ।
अदालतको आदेशपछि देवकोटा पूर्वक्षका लागि जेल चलान भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरु विरुद्ध विभिन्न मितिमा दुई पीडित व्यक्तिको जाहेरी परेको हो । उनीहरुले अमेरिकामा मासिक तीन लाख तलब हुने लोभ देखाएर २७ लाख मागेका थिए ।
एक पीडितबाट उनीहरुले पटकपटक गरी रु १९ लाख लिएको समेत खुल्न आएको छ । सन् २०१९ को जनवरी २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इण्डोनेसियाको बाली तथा जाकार्ता पु¥याइ बोलेभियाहुँदै अमेरिका जाने भनी लगेका थिए । तर विमानस्थलमा पु(याउदा सेटिङ नमिलेको भनी फर्काए ।
उनीहरुले पछि पीडितलाई मेक्सिको हुँदै अमेरिका जानी भनी इथियोपिया पुर्याई कोठामा साँढे तीन महिना बन्धक बनाएको खुल्न आएको छ । आफू बेचिएको थाहा पाएपछि पीडितले घरबाट टिकट मगाइ फर्किएर विसं २०७६ कात्तिक २१ गते ब्यूरोमा जाहेरी दिएका थिए ।
उनीहरुले अर्का एक व्यक्तिलाई पनि बेचबिखन गरेको भनी जाहेरी परेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताएका छन् । उनीहरुले एक व्यक्तिलाई काठमाडौँको स्वयंम्भूबाट बसमार्फत भारतको नयाँ दिल्लीमा दुई महिना राखी फेरि काम नभएको भनी नेपाल फर्काएर मलेसिया हुँदै इण्डोनेसिया पुर्याइएको खुल्न आएको छ ।
अमेरिका लैजाने बहानामा त्यहाँ सात महिना कोठामा बन्धक बनाइएको र पछि जाकार्ताको इमिग्रेसनबाट उनी पक्राउ परेका थिए । त्यसपछि उनलाई १४ दिन हिरासतमा राखेर नेपाल फर्काइएको थियो । वि।सं। २०७६ मङ्सिर १३ गते आएका पीडित व्यक्तिले १९ गते जाहेरी दिएका थिए । उनीबाट ती दम्पतीले रु १५ लाख लिएको समेत खुल्न आएको छ ।