९ फागुन, काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि अमेरिका लैजाने भन्दै रकम गठी गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
उनले भने, “पक्राउ परेका निजले अमेरिका लैजाने भन्दै एक जनाबाट रु छ लाख ३० हजार रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा आज पक्राउ गरिएको हो ।” निजलाई आज ललितपुर महालक्ष्मी नगरपालिका–४ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए ।