अमेरिकी डेमोक्र्याटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिनको माग

Mourners chant slogans during a memorial rally held by supporters of Lebanon’s Shiite Muslim Hezbollah movement a day after Iran’s supreme leader was assassinated during a US and Israeli offensive on Tehran, in Beirut’s southern suburbs on March 1, 2026. Lebanese militant group Hezbollah vowed on March 1, to confront the United States and Israel over their strikes on the group's key backer Iran. (Photo by Anwar AMRO / AFP)

वासिङ्टन, २६ फागुन (रासस–एएफपी) । अमेरिकी डेमोक्र्याटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई इरानको एक विद्यालयमा भएको आक्रमणमा दर्जनौँको मृत्यु भएको भनिएको आक्रमणको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् । इरानले इजरायल र अमेरिकाले युद्धको सुरुवातमै दक्षिणी शहर मिनाबको प्राथमिक विद्यालयमा आक्रमण गरेको आरोप लगाएको छ । इरानका अनुसार उक्त विस्फोटमा परी १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, जसमा अधिकांश विद्यार्थी थिए। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घटनाका लागि इरानमाथि नै आरोप लगाइरहनुभएको छ भने पेन्टागनले यसबारे अनुसन्धान गरिरहेको बताएको छ ।

धेरै उच्च पदस्थ सिनेटरहरूले एक संयुक्त विज्ञप्तिमार्फत् भनेका छन्, “स्वतन्त्र विश्लेषणले आक्रमण अमेरिकी सेनाले गरेको हो वा होइन विश्वसनीय रूपमा सुझाव दिनेछ र यदि यो सत्य पुष्टि भएमा मध्य पूर्वमा अमेरिकी सैन्य कारबाहीको पछिल्ला दशकहरूमा नागरिक हताहतीको यो सबैभन्दा खराब घटनाहरूमध्ये एक हुनेछ।” “स्कुले बालबालिकाको हत्या डरलाग्दो र कुनै पनि हालतमा अस्वीकार्य छ,” पेन्टागनका प्रमुख पिट हेगसेथले यस त्रासदीको पूर्ण र निष्पक्ष समीक्षा गर्नुपर्ने बताएका छन् ।


न्यूयोर्क टाइम्सले इरानको अर्धसरकारी मेहर न्यूजले अपलोड गरेको भिडियोलाई प्रमाणित गरेको छ, जसमा अमेरिकी टोमाहक क्रुज मिसाइलले रिभोलुसनरी गाड्र्सको स्कूलको नजिकै रहेको क्लिनिकको संरचनामा प्रहार गरेको देखिन्छ। टाइम्सका अनुसार यस युद्धमा टोमाहक्स प्रयोग गर्ने एक मात्र शक्ति संयुक्त राज्य अमेरिकाको सेना हो । अमेरिकी सेनाले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ नजिकै रिभोलुसनरी गाड्र्सको आधार शिविर रहेको नौसैनिक लक्ष्यहरूमा आक्रमण गरेको बताएपनि विद्यालयमा भएको विस्फोट आफ्नो सेनाले नगराएको द टाइम्सले अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ।

सांसदहरूले भनेका छन, “यो घटना अझ चिन्ताजनक छ किनकि यसलाई उनीहरूले हेगसेथको बल प्रयोगको लागि ‘खुला रूपमा अभद्र दृष्टिकोण’ भनेका छन्। उनले गत हप्ता इरानमा अमेरिकी आक्रमण ‘संलग्नताको मूर्खतापूर्ण नियमहरू’ द्वारा बाँधिन बाध्य नहुने बताएका छन् । वक्तव्यमा हस्ताक्षर गर्नेहरूमा सिनेटको विदेश सम्बन्ध समितिमा शीर्ष ‘डेमोक्र्याट’ जीन शाहीन पनि छन् । एएफपीले विस्फोटस्थलको भ्रमण गरी विद्यालयमा भएको मृतकको सङ्ख्या वा घटनाको विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।