अमेरिकी दम्पत्तिविरुद्ध न्यूक्लियर फर्मुला बेच्ने कोशिस गरेको आरोप, दोषि पाइए जन्मकैद

CBS\BBC

मेरिल्याण्ड । अमेरिकामा एक दम्पत्तिमाथि देशको एक महत्वपूर्ण सैन्य रहस्यलाई बिक्रि गर्ने कोशिस गरेको आरोप लागेको छ । दुबै जना गिरफतारीमा परेका छन् । बीबीसीले जनाए अनुसार यो कसुर पुष्टी भएमा दुबै जना जन्म कैदका लागि जेल जाने छन् । ४२ वर्षिय जोनाथन टोएबे र उनकी ४५ वर्षीय पत्नी डायनामाथि यस्तो आरोप लागेको हो । उनीहरु अमेरिकाको मेरील्याण्ड राज्यको राजधानी एनापोलिसको तटीय क्षेत्रका बासिन्दा हुन् । उनीहरुमाथि देशद्रोहको मुद्दा चल्न सक्ने बताइएको छ ।

अनुसन्धानकर्ताहरुले जनाए अनुसार यी दम्पतिले एक विदेशी सरकारलाई सैन्य रहस्य बेच्न कोशिस गरेको आरोप लागेको छ । समाचारमा जनाइए अनुसार जोनाथन अमेरिकी नौसेनाका कर्मचारी हुन् । सोही आधारमा उनले यो रहस्यबारे थाहा पाएका थिए । उनले आफुलाई नौसेनाका पानी जहाजमा जडान हुने क्यूक्लियर सिस्टमबारे थाहा भएको भन्दै यो उपलब्ध गराउन सक्ने भन्दै विदेशी सरकारका प्रतिनिधिलाई इमेल गरेको पाइएको छ । तर, चीन, फ्रान्स वा रुस कुन मुलुकलाई उनी यो जानकारी दिन चाहन्थे भन्ने चाँही खुलेको छैन ।