अहिलेसम्मकै उच्च तापक्रम पुगेको क्यानडामा आगलागी बढ्यो

Photo : REUTERS

काठमाडौं\एजेन्सी । क्यानडा यतिबेला इतिहासमै मापन भएको मध्ये सबैभन्दा उच्च तापक्रमबाट गुज्रिरहेको छ । यहाँ पछिल्लो ५ दिनमा ४८६ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँको एउटा गाउँमा जङ्गली डढेलोले ९० प्रतिशत भूभाग जलाइसकेको संचारमाध्यमले जनाएका छन् । बीबीसीले स्थानीय सांसद् ब्राड भिसलाई उदृत गर्दै यसको पुष्टी गरेको हो । ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर रहेका पूर्वाधारमा आगोले धेरै क्षति पुर्‍याएको छ ।

लीटनको धेरै क्षेत्र जल्न बाँकी नरहेको बताइएको छ । यो साता उक्त गाउँमा अहिलेसम्मकै उच्च ४९.६ डिग्री सेल्सियस तापक्रम पुगेको छ । पश्चिम क्यानडाको ब्रिटिश कोलम्बियामा पाँच दिनभित्र ४८६ जनाको मृत्यु भइसकेको छ । त्यहाँकी नगरप्रमुख कोरोनेर लिजा लपोइन्टीले डढेलो लाग्नुको कारण मौसम भएको प्रतिक्रिया दिएकी छन् । विगत ३ देखि ५ वर्षभित्र पश्चिम प्रान्तमा गर्मीका कारण केवल तीनजनाको मात्रै मृत्यु भएको थियो। आगोलागी भएको गाउँमा भने करिब २५० जना मानिस बस्छन् । तातो, सुख्खा र तीव्र हावाले आगो प्रतिघण्टा १० देखि २० किलोमिटरको वेगमा फैलिएको बताइएको छ ।