आइपीएलमा छनोटका लागि नेपालबाट १५ खेलाडीको नाम दर्ता, को-को छन् ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा नेपालबाट १५ खेलाडीले नाम दर्ता भएको छ । आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा नेपालबाट १५ खेलाडी रहेको नेपाल क्रिकयेट संघले जनाएको छ । खेलाडी दर्ता गर्न २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतका ८९६ र विदेशका ३१८ खेलाडीले नाम दर्ता गराएका हुन् । आगामी फेब्रुअरी १२ र १३ मा बेंगलुरुमा हुने मेगा अक्सनबाट १० टिमले खेलाडी छान्नेछन् ।

अक्सनका लागि दर्ता गरेका खेलाडी मध्ये २७० खेलाडी क्याप्ड छन् । ९०३ खेलाडी अनक्याप्ड छन् । ४१ खेलाडी एसोसिएट प्लेअर अन्तर्गत छन् । पछिल्लो सिजन नेपालका सन्दीप लामिछाने मिनी अक्सनमा समावेश भए पनि कुनै टिमले अनुबन्ध गरेको थिएन । आईपीएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा २१७ खेलाडी मात्र छनोट हुनेछन् । अक्सनअघि यसअघि खेल्दै आएका ८ टीमले बढीमा ४ जनासम्म खेलाडी रिटेन गरिसकेका छन् ।
नेपालबाट अक्सानमा नाम लेखाउने खेलाडी
सन्दीप लामिछाने, अविनाश बोहरा, विनोद भण्डारी, शरद भेष्वाकर, सोमपाल कामी, कुशल मल्ल, करण केसी, दीपेन्द्रसिह ऐरी, आसिफ शेख, पवन र्रिाफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुसन भारी, आरिफ शेख