दुबई । जारी इण्डियन प्रिमियर लिगको प्लेअफ समिकरण टुंगिएको छ । मंगलबार राती लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई १० विकेटले हराएपछि उसले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
सनराइजर्सको जितसँगै कोलकत्ता भने लिग चरणबाटै बाहिरियो । जितपछि हैदरावादले तेस्रो स्थानमा रहँदै लिग चरण पुरा गरेको हो । अब क्वालिफायरमा १८ अंक जोडेको शीर्ष टिम मुम्बई र १६ अंक जोड्दै दोस्रो भएको दिल्ली क्यापिटल्सबीच खेल हुनेछ।
जित हात पार्ने टिम फाइनल पुग्नेछ। पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने छ । १४ अंकसहित तेस्रो भएको हैदरावाद र समान अंकबाट चौथो बनेको रोयल च्यालेन्जर्स बेंग्लोरबीच एलिमिनेर प्रतिस्पर्धा हुन्छ । यो खेलमा जित हात पार्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। पराजित हुने टोली भने बाहिरिन्छ