आइपीएल : पन्जावविरुद्ध चेन्नईको सहज जित

मुम्बई । जारी आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले पञ्जाब किंग्सविरुद्ध सहज जित निकालेको छ । शुक्रबार राती सम्पन्न खेलमा महेन्द्र सिंह धोनीको टीम चेन्नईले पहिलो जित निकालेको हो । धोनीका लागि शुक्रबारको खेल ऐतिहासिक थियो । उनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सका लागि दुई सयौँ खेल पुरा गरेका छन् ।

चेन्नईले पञ्जाब किंग्सलाई ६ विकेटले हरायो । मुम्बईको वाङखडे स्टेडियममा भएको खेलमा पञ्जाबले दिएको १०७ रनको लक्ष्य चेन्नाईले १५.४ मा ४ विकेट गुमाउद्यै फेला पारेको हो । चेन्नईका लागि मोइन अलीले सर्वाधिक ४७ रनको योगदान गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको पञजावले २० ओभरमा ८ विकेट गुमाएर १०६ रनमात्र बनाउन सकेको थियो । पञ्जावका लागि साहरुख खानले सर्वाधिक ४७ रन बनाए । पञ्जाबलाई कम स्कोरमा रोक्न चेन्नईका दीपक चाहरले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ४ विकेट लिए ।