चेन्नई । जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले साविक विजेता मुम्बई इण्डियन्सलाई सजिलै हराएको छ । तेस्रो जित दर्ता गर्ने क्रममा दिल्लीले मुम्बईलाई ६ विकेटले हराएको हो । चेन्नईमा सम्पन्न खेलमा मुम्बई इन्डियन्सले दिएको १३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर भेटायो । मुम्बई इन्डियन्सले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर १३७ रन मात्र जोड्न सक्यो ।
दिल्लीका लागि शिखर धवनले ४५ रन, स्टिभ स्मिथले ३३ रन र ललित यादवले नटआउट २२ रन जोडे। त्सअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले ९ विकेट गुमाएर १३७ रन मात्र जोड्न सक्यो। उसका लागि ओपनर रोहित शर्माले ४४ रन जोडे। दिल्लीका अमित मिश्राको बलमा आउट हुनुअघि उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।