चेन्नई । जारी इन्डियन प्रिमियर लिगमा रोएल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो जित निकाल्दा हैदरावाद भने दोस्रो खेलमा समेत पराजित भएको छ । बुधबार चेन्नइमा सम्पन्न खेलमा बैंलौरले सनराइजर्स हैदरवादलाई ६ रनले हरायो । बैंलौरल दिएको १५० रनको लक्ष्य भेटाउने क्रममा हैदरावाद २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १४३ रनमा समेटियो ।
हैदरावादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ५४ रनको योगदान गरे । मनिस पाण्डेको नाममा ३८, रसिद खानको नाममा १७ र जोनी बेयर्स्टोवको नाममा १२ रन रह्यो । टस हारेर पहिले ब्याटिङ गरेको बैंलौरले भने ग्लेन म्याक्सेवलको अर्धशतकको मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन जोडेको थियो ।