आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । पहिलो खेलमा ब्याटिङ नचल्दा हारेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईसँग दोस्रो खेल खेल्दैछ । यूएइको घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार यूएईको सामना गर्न लागेको हो । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यूएईले समेत पछिल्लो खेल पीएनजीसँग हारेको छ । नेपालले पहिलो खेलमा भने पीएनजीलाई हराएको थियो । तर, यूएईसँग भने निकै कमजोर देखिएको छ । यो सिरिजमा नेपालले ब्याटिङमा सुधार ल्याउन सकेको छैन । बलिङ भने उत्कृष्ट गरिरहेको छ ।