आजबाट एसईई परीक्षा, दुई वर्षपछि भौतिक उपस्थितिमा

फाइल तस्वीर

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट देशभर संचालन हुँदैछ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुने बताइएको छ । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म भौतिक उपस्थितिमा परीक्षा हुन सकेको थिएन । यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गर्न लागेको छ । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको हो । यस वर्ष देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षामा ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ एक लाख ५७ हजार ९१४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा गरी कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी हुन आवेदन फारम भरेका थिए । दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारतर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी छन् । परीक्षामा सबैभन्दा कम मनाङका ४३ विद्यार्थी छन् ।