आजबाट वर्षात रोकिने, चिसो अझै बढ्न सक्ने

काठमाडौ ।  लगातार दुई दिन परेको हिउँदे वर्षा आजबाट थामिएको छ । वर्षाका कारण धेरै उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । जसले गर्दा देशभर चिसो बढेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आजदेखि  क्रमिक रुपमा मौसममा सुधार आउने छ ।
काठमाडौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि  मौसममा सुधार आउने तर, चिसो भने अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै छ । त्यसकारण काठमाडौसहित देशका केही ठाउँमा घाम लाग्ने छ । पहाडी भेगमा कतै  सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना छ । चिसोका कारण उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुनेछ । बिहिवार काठमाडौंको न्युनतम तापक्रम ६.४ डिग्री मापन गरिएको छ । अधिकतम तापक्रम १४ डिग्री सम्म पुग्ने छ ।