काठमाडौं । आजबाट देशभरको मौसममा सुधार आउने भएको छ । शनिबार देशका विभिन्न स्थानमा पानी परेको छ । यसले हिमपात समेत भएको छ । काठमाडौं आसपासका डाँडाहरुमा हिउँ परेको छ । सोहीकारण काठमाडौंमा आज बिहान अत्यधिक चिसो महसुस भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको आजको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ । यसअघि पुस १६ मा काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री सेल्सियस मापन भएकाृे थियो । त्यो दिन यो वर्षको सर्वाधिक चिसो दिन थियो । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि पश्चिम नेपालबाट मौसम बदली सुरु भएको थियो ।
यो प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेको छ । त्यसैले अब मौसममा क्रमिक सुधार हुँदै जाने छ । पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभावका कारण धेरैजसो स्थानमा हिउँदे वर्षा हुनुका साथै उच्च पहाडी भागहरुमा हिउँ परेको थियो ।