काठमाडौं । प्रतिनिधि सभामा शनिबार चालु आर्थिक वर्ष २०७८\०७९ को आर्थिक सर्वेक्षण पेस हुँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे आह्वान भएको छ । सोही बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्नेछन् । आर्थिक सर्वेक्षण शुक्रबार नै पेस गर्ने कार्यसूची थियो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधले गर्दा सम्भव भएको थिएन ।
आगामी आर्थिक वर्षको बजेट आइतबार पेश हुँदैछ । त्यसअघि आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने प्रावधान रहेको छ । आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्नेछन् । यस पटक सरकारले कृषि र उद्योगमा प्राथमिकताका साथ बजेट राख्ने तयारी गरेको छ ।