काठमाडौं । गठबन्धनले मन्त्रालय बाँडफाँट टुंगो लगाउन नसकेका कारण मन्त्रिपरिषद बिस्तार रोकिएको छ । सोमबार पूर्णता दिने गरि बसेको बैठकले टुंगो लगाउन नसकेपछि मंगलबार गठबन्धनको बैठक पुनः बस्दैछ । गठबन्धनमा आवद्ध दलका शीर्ष नेताले दलहरुले पाउने मन्त्रालयको भागबन्डा गरेसँगै दलहरुले मन्त्रीको नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई दिनेछन् । त्यसपछि मात्र उनले मन्त्रिपरिषद् बिस्तार गर्न सक्ने छन् । सरकार गठन भएको डेढ महिना बितिसक्दा समेत मन्त्रिपरिषद् बिस्तार गर्न नसकेको भन्दै उनको आलोचना भइरहेको छ । साथमा मन्त्रालयहरु नेतृत्व बिहिन भएकाले काममा समेत अवरोध आइरहेको छ । आज बस्ने बैठकले दलहरुबीच मन्त्रालय भागबन्डा गरेर सहमति जुटाउने तयारी गरेको छ ।
आज टुंगिएला मन्त्रालय बाँडफाँट ?
