आज टोकियो ओलम्पिकको उद्घाटन, के छ तयारी ?

File Photo : AP

टोकियो । ओलम्पिकलाई विश्व खेलकुदको कुम्भमेला मानिन्छ । ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको आयोजनाको जिम्मेवारी पाएको जापानले आज उद्घाटनमार्फत विश्वमा आफ्नो चमत्कार देखाउने अवसर पाएको छ । औपचारिक उद्घाटन आज हुनेछ । जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुनेछ ।

नेपाली समय अनुसार दिउँसो ४ बजेपछि उद्घाटन समारोह शुरु हुनेछ । यस दौरान सबै मुलुकको मार्च पास हुने छ । यहाँ नेपालको तर्फबाट पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले नेपालको झण्डा बोक्ने भएका छन् । टोकियो ओलम्पिकमा भाग लिन संसारभरबाट खेलाडी, प्रशिक्षक र अफिसियल जापानमा छन् । यहाँ ११ हजार भन्दा बढी खेलाडीले सयौं पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगेको छ । यस पटक खेलहरु दर्शक बीना हुने छन् । खेलको प्रत्यक्ष प्रसाारण भने विभिन्न टेलिभिजन च्यानलले गर्नेछन् ।