काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी नेकपा–प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकलाई शीर्ष नेताले सम्बोधन गर्दैछन् । नेताहरुका अनुसार आजको स्थायी समिति बैठकले आगामी रणनीति तय गर्ने भएको छ । यसअघि नेकपाले सरकारको कदमका विरुद्धमा मंगलबार देशव्यापी प्रदर्शन गरेको थियो ।
बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्ने नेताहरुको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाकै प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा छ । यसबाट पार्टी एकता समेत तोडिएको छ । स्थायी कमिटी बैठक बस्नुअघि पेरिसडाँडामा अखिल नेपाल महिला संघको वृहत भेला हुँदैछ ।