काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता हुँदैछ । सम्भवतः आज सभामुखको टुंगो लाग्ने नेकपाका नेताहरुले बताएका छन् ।
बिहीबारको वार्ता सहमति नजिक पुगेको र शुक्रबार सभामुखको टुंगो लाग्ने बताइएको छ ।
यद्दपी बिहीबार यसबारे ठोस के कुराकानी भयो भन्ने चाही खुलाइएको छैन ।
प्रतिनिधिसभा ६ माघका लागि बोलाइएको छ । त्यसअगाडी नै सहमति गरी टुंग्याउने तयारी शीर्ष नेताको रहेको छ ।
नेकपामा सभामुखबारे विवाद बढ्दै गएपछि त्यसको असर प्रतिनिधिसभा बैठकमा परेको छ । संसदका कामकारवाही ठप्प भएका छन् ।
कृष्ण बहादुर महराले सभामुख पदबाट राजिनामा गरेपछि यो पद रित्त छ ।
उपसभामुखले राजिनामा गर्न नमानिरहेको अवस्थामा नेकपाले यो गाँठो फुकाउन नसकेको हो । सम्भवतः आज यसले टुंगो पाउने अपेक्षा नेताहरुले गरेका छन् ।