आज पोखरा जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम ?

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली पोखरा जाँदैछन् । आइतबार दिनभर झापामा बिताएका उनी आज पोखरा जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । उनी आज सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको सम्बोधनको सिलसिलामा पोखरा जान लागेका हुन् ।

पोखरामा उनले गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम समेत राखिएको छ । प्रधानमन्त्री ओलीले पोखरा रंगशालाको समेत निरीक्षण गर्नेछन् । यसअघि संसदको फैसला आउनु अगाडी पोखरामा ओली पक्षिय भेलालाई सम्बोधन गर्न उनी पोखरा जाने कार्यक्रम थियो । तर, त्यो स्थगित भएको थियो ।