आज बस्दैछ नेकपा स्थायी कमिटि बैठक

काठमाडौं । असहमतिलाई टुंग्याउँदै आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक बस्ने भएको छ । यसअघि पटक पटक स्थगित हुँदै आएको बैठक अन्तिम समय साउन १३ गतेदेखि स्थगित भइरहेको छ । उक्त दिन स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि बैठक अवरुद्ध भएको थियो ।

प्रधानमन्त्रीले त्यसपछि बैठक बस्ने वातावरण सिर्जना नै हुन दिएनन् । त्यसपछि अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीले केपी शर्मा ओलीले एक कार्यदल गठन गरी सहमतिको खोजी थालेका थिए । सोहीअनुसार भएको सहमतिलाई अनुमोदन गर्न आज स्थायी कमिटि बैठक बस्न लागेको हो ।

आज कार्यदलले तयार पारेको प्रतिवेदनमा छलफल हुने एजेण्डा राखिएको छ । बैठक बिहान ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हुनेछ ।