काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह १ बजे बैठक बोलाइएको हो । आजको बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
यद्दपी आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने वा नहुने भन्ने निश्चित छैन । पार्टीमा बैठक बोलाउन माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित ५ नेताले लेखेको पत्र,त्यसको जबाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्र पनि आजको बैठकमा पेश गरिनेछ ।
प्रचण्डसहितका नेता यी सबै पत्र र प्रस्ताव पार्टीका गहना भएको भन्दै छलफल हुनेपर्ने अडानमा छन् । प्रधानमन्त्री भने यी सबै बैठक बस्न नहुने अडानमा छन् ।
प्रधानमन्त्री ओलीले आफुमाथि लगाइएको आरोप पत्र फिर्ता नभएसम्म बैठक बस्न नसक्ने बताइरहेका छन् । बहुमत सचिवालय सदस्य आजको स्थायी कमिटी बैठक बोलाउनुपर्ने पक्षमा रहेपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन्। तर, उनको उपस्थितिको भने निश्चितता छैन ।