आज बस्दैछ प्रतिनिधिसभा बैठक, के छ कार्यसूची ?

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने गरी बैठक आह्वान भएको छ । पुनस्र्थापना पछि आज तेस्रो पटक बैठक बस्न लागेका हो । यसअघिका दुई बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो । सरकारले अध्यादेश संसदमा ल्याएपछि कांग्रेस विरोधमा छ । सरकारले समेत संसद असफल गराउन थप विजेनश नल्याउने सोच बनाएको छ ।

यसले निरन्तर बैठक अवरुद्ध भइरहेको छ । आज तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ। उता, कांग्रेसले भने सरकारले संसद प्रभावकारी बनाउने भूमिका सरकारको रहको भन्दै संसदका लागि बिजनेश ल्याउनै नचाहेको आरोप लगाएको छ ।