आज बस्दै संवैधानिक परिषद् बैठक, बन्ला नियुक्तिमा सहमति ?

काठमाडौं । आज संवैधानिक परिषद्को बैठक बोलाइएको छ । यसअघि आइतबारका लागि बोलाइएको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि स्थगित भएको थियो । उनी प्रमुख प्रतिपक्षी दलका नेता हुन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बैठक बोलाएका छन् । नेपाली कांग्रेसका सभापति देउवाले सोमबार कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्न लागेकाले बैठकमा नआउने जानकारी पठाएपछि बैठक अवरुद्ध भएको हो । सोही अनुसार सोमबार कांग्रेसले सोमबार देशव्यापी सरकारविरोधी प्रदर्शन गरेको छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता उपस्थित हुनुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगसहित विभिन्न ४५ पदमा नियुक्ति गर्नुपर्नेछ । तर, बैठक नबस्दा संवैधानिक नियुक्ति रोकिएको छ ।